इन्भेष्टमेन्ट बैंक ३७ औ वर्षमा प्रवेश, ल्यायो निक्षेप रकम २० वर्षमा ६ गुणा हुने अफर

नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले रक्तदान, वृद्धाश्रम÷बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा”को विमोचन कार्यक्रमहरु  सञ्चालन गरेको छ । यसका साथै बैंकले “निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत  सञ्चालनमा ल्याएको छ । वार्षिकोत्सवमा अवसर बैंकले  यस अवधिमा मार्गदर्शन र निर्देशन प्रदान गर्ने नियामक निकाय, वर्तमान तथा पूर्व सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु तथा शेयरधनी महानुभावहरु र अटल विश्वास गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरुप्रति  हार्दिक आभार व्यक्त गर्दै सदैव सेवाको अवसर प्राप्त हुनेमा बैंक विश्वस्त रहेको उल्लेख गरेको छ । बैंकले समयसापेक्ष एवं गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ।यस अवधिमा बैंकले देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले पाँच पटकसम्म बैंक अफ द ईयर तथा युरो मनि अवार्ड बाट सम्मानित भईसकेको छ । 

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता मंगलबार सम्पन्न भएको हो। दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका...

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

काठमाडौँ,१३ मँसिर । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङगो लागेको हो । नेपाल राष्ट्र […]

नेप्सेद्धारा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको कारोबार रोक्का

काठमाडौं, ३० जेठ । एक आपसमा गाभिने सहमतिसँगै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बंैंकको शेयर कारोबार रोक्का भएको छ । दुई बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गाभिने सहमतिको जानकारी दिँदै कारोबार रोक्न निवेदन दिएपछि सेयर कारोबार रोक्का भएको हो । बैंकबीच अहिलेसम्म भएको सम्झौता अनुसार अब नेपालकै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने दाबी गरिएको छ […]

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

३० जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मर्जरको समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए । दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक […]

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता

काठमाडौं, २७ जेठ । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् । मर्जरको क्रममा दुई बैंकलाई मिलाएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम राख्ने र स्वाप रेसीयो मेगाको […]

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने, सबैभन्दा ठूलो बैंक बन्ने

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने भएको हो । केही दिन अघि मात्र इन्भेष्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुङ्गो लगाइएको थियो । उक्त सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैंकको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि फेरि समय थपिँदै

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरका लागि थप डेढ महिना समय दिने भएको छ । तोकिएको समयमा मर्जरको काम सकेर एकीकृत कारोबार शुभारम्भ गर्न नसकेपछि यसअघि पनि मर्जरका लागि समय थप गरिएको थियो । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले […]

नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनी अवार्डबाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) युरोमनी अवार्ड ‘उत्कृष्ट बैंक नेपाल २०२१’ बाट सम्मानित भएको छ । बैंकले दोस्रोपटक यो अवार्ड पाएको हो । बैंकले यसअघि सन् २०१८ मा पनि युरोमनि अवार्ड प्राप्त गरेको थियो ।युरो म्यागाजिनले दिने यो अवार्ड वित्तीय क्षेत्रमा निकै सम्मानित मानिन्छ भने यो म्यागेजिन वित्तीय बजारमा विश्वभर प्रख्यात छ ।बैंकले यसअघि पाँचपटक ‘बैंक […]

मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ / हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । एक आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पश्चात बैशाख