राष्ट्र संघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का आज न्यूयोर्क जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का आज न्यूयोर्क जाँदै छन्। संयुक्त राष्ट्र संघीय महासभा (यूएनजीए)को ७६ औँ सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का न्यूयोर्क जान लागेका हुन्। परराष्ट्रमन्त्री खड्काले ७६ औँ यूएनजीएको जेनेरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्यूयोर्कमा रहँदा मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय बैठकमा…

सम्बन्धित सामग्री

श्रीलंका पुगेका परराष्ट्रमन्त्री खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त

१५ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन श्रीलंकाको कोलम्बो पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त छन् । उनले श्रीलंकाका प्रधानमन्त्री महेन्द्र राजापाक्षसहित भारत, बङ्गलादेश र थाइल्याण्डका विदेशमन्त्रीसँग बेग्ला बेग्लै भेटेका छन् । ती भेटमा द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा […]

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जानुहुँदै

परराष्ट्र मन्त्री नारायण खड्का चैत १६ गते श्रीलङ्का जाने हुनुभएको छ । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जान लाग्नुभएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने जानकारी दिनुभएको हो ।

परराष्ट्रमन्त्री खड्का बेलग्रेड प्रस्थान

असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ । परराष

न्युयोर्कबाट फर्किए परराष्ट्रमन्त्री खड्का

काठमाडौं :  परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज स्वदेश फर्किएका छन।गत असोज ६ गते मन्त्री नियुक्त भएकै दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका मन्त्री खड्का आज स्वदेश फर्किएको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ। डाक्टर खड्काले हिजो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। डाक्टर खड्काले न्युयोर्कमा रहँदा भारतीय समकक्षीसँग पनि भेटवार्ता गरेका थिए। डाक्टर खड्कालाई जोन अफ केनडी विमानस्थलमा स्थायी  नियोगका अधिकारीहरुले विदाई ग

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबिच भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् । भारतीय विदेश मन्त्री जयशंकरले ट्विट गर्दै दुई देशबिचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको […]

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीच भेटवार्ता हुने

काठमाडौँ, १० असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशीमन्त्री एस जयशंकरबीच छलफल हुने भएको छ । राष्टसंघीको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका खड्काले भारतीय विदेशीमन्त्री जयशंकरलाइ भेट्ने भएका हुन् । नेपाली समयअनुसार आइतबार बेलुकी ९ बजे जयशंकरसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ। उक्त भेटमा नेपाल -भारत सम्बन्ध, द्विपक्षीय हित,नेपालको पछिल्लो राजनीतिक अवस्थाका […]

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क जाँदै

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। मन्त्रीको जिम्मेवारी पाएकै दिन खड्का नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने भएका हुन्। महासभामा खड्काले नेपालका तर्फबाट कोरोनापछिको स्थायित्व, मानिसले पृथ्वीप्रति दिनुपर्ने ध्यान, मानिसको अधिकारप्रतिको सम्मान र संयुक्त राष्ट्रसंघको मूल्यांकनको बारेमा धारणा राख्नेछन्। महासभामा भाग लिने क्रममा उनले […]

परराष्ट्रमन्त्री खड्का राष्ट्रसंघको बैठकमा भाग लिन आज अमेरिका जाँदै

काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का राष्ट्र संघको बैठकमा सहभागि हुन आजै अमेरिका प्रस्थान गर्नुहुनेछ । आज साँझ साढे ८ बजे चार जनाको टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । खड्काको टोलीमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेल, सहसचिव सेवा लम्साल र अधिकृत भरत खनाल सहभागी हुने छन् ।

अमेरिका भ्रमणमा एमसीसी प्राथमिकतामा छैनः परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् । बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाने भएका छन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तर भ्रमणको […]