गत वर्ष नेपालमा १७ करोडको चस्मा आयात

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १७ करोड रुपैयाँको चस्मा आयात गरेको छ। आर्थिक वर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरका २७ लाख ४२ हजार वटा चस्मा आयात भएको भन्सार विभागले जानकारी दिएको छ। यसबापत सरकारले पाँच करोड १२ लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको बताइएको छ। नेपालले एसियन र युरोपियन मुलुकबाट सनग्लासेस आयात गर्दै आएको विभागको तथ्यांकबाट देखिएको छ।