चाडवाडमा महंगियो फलफूलको मूल्य

काठमाडाैं । नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले मूल्य महंगो भएको गुनासो गरेका हुन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् […]