लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंक

सम्बन्धित सामग्री

लगातार चार दिन घटेपछि १.१६ % बढ्यो नेप्से, ९३ करोड ८९ लाख बराबरको शेयर कारोबार

काठमाडौं । लगातार चार दिन घटेको नेप्से परिसूचक सोमवार (आज) १ दशमलव १६ प्रतिशत बढेको छ । यससँगै परिसूचक १ हजार ८४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।  गत आइतवार नेप्से परिसूचक १८ सय विन्दुको मनोवैज्ञानिक रेखा नजिक पुगेको थियो । उक्त दिन नेप्से परिसूचक १ हजार ८२६ दशमलव २३ विन्दुमा झरेको थियो । यही कारण बजार १८ सय विन्दुमुनि जान्छ भन्ने त्रास आम लगानीकर्तामा देखिएको थियो । तर, सोमवार नेप्सेमा भएको वृद्धि लगानीकर्तालाई केही राहत मिलेको छ ।   अब यो वृद्धिले निरन्तरता पाउँछ कि पाउँदैन ? त्यो भने हेर्न बाँकी नै छ । त्यसो त यसअघि पनि धेरै पटक नेप्से १८ सय विन्दुकै आसपासबाट फर्किएको थियो । यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से बाउन्स ब्याक भएको थियो । अहिले पनि पुनः यही विन्दु नजिक आउनै लाग्दा बाउन्स ब्याक भएको देखिन्छ । यसआधारमा बजारले १८ सय वा यही वरिपरिको विन्दुलाई न्यूनतम रेखा बनाएको लगानीकर्ता बताउँछन् ।  सोमवार २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर ४७ हजार २३१ पटकमा रू. ९३ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३६५ दशमलव ८० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत बढेर रू. ७५३ पुगेको छ ।  सोमवार सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४ दशमलव २८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३७ मा झरेको हो ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू. ६ करोड ४३ लाख बराबरको भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४२८ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू.५ करोड ६२ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक सबै बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशमलव ७३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै दोस्रोमा व्यापार समूहको परिसूचक २ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।

लगातार तीन दिन बढ्यो नेप्से, यस कारण सक्रिय हुन थाले लगानीकर्ता ?

काठमाडौं । लगातार तीन दिनसम्म नेप्से परिसूचक बढेर बन्द भएको छ । बजार बढ्न थालेसँगै लगानीकर्ताहरू सक्रिय हुन थालेका छन् । सोही कारण परिसूचसँगै कारोबार रकम बढेको छ । मंगलवार नेप्से परिसूचक ९ दशमलव ९१ अंक बढेर २ हजार १५४ दशमलव ०७ विन्दुमा पुगेको हो । वित्तीय प्रणालीमा अधिक मात्रामा तरलता रहेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको देखिएको छ । अधिक तरलताकै कारण महँगो ब्याजदर पनि घटिरहेको छ । यस कारण पनि आगामी दिनमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । त्यस्तै वित्तीय प्रणालीमा अधिक तरलता भएकाले राष्ट्र बैंकले कर्जा प्रवाह हुने गरी केही लचक मौद्रिक नीति ल्याउने अपेक्षामा पनि लगानीकर्ता सकारात्मक भएको देखिन्छ । मंगलवार कारोबारमा आएका २५५ धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर ५६ हजार ४७६ पटकमा रू. ३ अर्ब ५४ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत वृद्धि भएको हो ।  कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढेको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३५५ दशमलव २० पुगेको छ । शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ५९२ दशमलव २० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ५ दशमलव १४ प्रतिशत घटेको छ । कम्पनीको इकाई मूल्य रू. ७ दशमलव ९३ मा झरेको छ । यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को इकाई मूल्य ४ दशमलव ६३ प्रतिशत घटेर रू. ८ दशमलव ६५ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ओगटेको छ । कम्पनीको रू. २१ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. १७ करोड ९८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  मंगलवार कारोबारमा आएका १३ समूहगत परिसूचमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको १ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । यस्तै, होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव ४५ प्रतिशत घटेको छ ।

तेस्रो दिन पनि बढ्यो नेप्से, दुई अर्ब ३० करोडको कारोबार

लगातार तेस्रो दिन आज पनि सेयर बजारमा उत्साह देखिएको छ। सेयर बजार परिसूचक नेप्से आज ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा उक्लिएको छ।  आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेकका समूहको सेयर...

३ अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब पनि पुगेन

१३ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ । गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो । मंगलबार नेप्सेमा सामान्य […]

तीन दिनमै ८० अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्ब नजिक

१६ कात्तिक, काठमाडौं । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो । सोमबार १६ अंकले बढेको […]

करिब ६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ।बुधवार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ।मंगलबारको तुलनामा बुधवार कारोबार रकम बढेको छ। मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको

शेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से

काठमाडौँ– धितोपत्र बजारमा बुधबार हरियाली छायएको छ । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको हो । शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार ओरालो लागेको बजार मंगलबार र बुधबार भने हरियो बन्यो । बुधबार बजार मापक परिसूचक नेप्से ९२.१६ अंकले बढेर २५०७.७० को बिन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले […]

सेयर बजारमा हरियाली, ८७ अंक बढ्यो नेप्से

सेयर बजारको परिसूचक नेप्से सोमबार ८७ अंकले बढेर २६७२ अंकमा पुगेको छ। लगातार दोस्रो दिन बढेको सेयर बजार आज ८७.६३ अंकले बढेर परिसूचक २६७२.२५ अंकमा कायम भएको हो।

५५ अङ्कले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको शेयर कारोबार

न्युज अफ नेपाल, काठमाडौं । लगातार दुई दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार भने उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ५५.७६ अंकले बढेर २८२७ दशमलब १३ विन्दुमा पुगेको छ । आज ११ अर्ब ३५ करोड १८ लाख बराबरको कारोबार भएको छ । आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको […]