लुम्बिनी : लुम्बिनी प्रदेशसभामा डेढ वर्षदेखि नेतृत्वविहीन रहेका विषयगत संसदीय समितिले नेतृत्व पाएका छन्। प्रदेशसभामा रहेका ७ विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका ४ समितिमा आज सभापति निर्वाचित भएका छन्। रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वपूर्ण समिति मानिने सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ। उक्त समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भएका छन्। यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रति