काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए। संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुनबमोजिम पद तथा गोपनियताको सपथ लिनुपर्ने भए पनि हालसम्म संघीय कानुन नबनेकाले प्रधानमन्त्रीलगायत मन्त्रीहरुको सपथ गैरसंवैधानिक भएको भन्दै तत्काल