जीवनको ८० औं वसन्त, जीवन कहाँ सहज छ र ? त्यसमाथि बेलाबेला स्वाँस्वाँ बढिरहन्छ, नेबुलाइजर हरदम आफू वरिपरि हुनैपर्छ । शारीरिक पीडा त छँदै छ, मानसिक रुपमा कोरोनारुपी हाउगुजीले मन मस्तिष्कलाई भित्रैदेखि हल्लाएको छ । अनेकौं प्रश्न छन् र पर्खाइ पनि – पर्खाइ दोस्रो डोजको । दोस्रो डोज नपाउँदा के हुने हो, त्यसको डर पनि ।नागार्जुन नगरपालिका वडा नम्बर ४, सीतापाइलाका बाबुराम नगरकोटी र उनकी अर्धाङ्गिनी लक्ष्मी नगरकोटीले गत फागुन २९ मा कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए । भारत सरकारले १० ला