नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले अहिलेको जनादेशले देश अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता लागेको भन्दै दुई ठुला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए ।‘मेरो ५० वर्ष लामो राजनीतिक इतिहासमा जे कुरा देखिरहेको छु, म त्यति सन्तुष्ट छैन,’ गच्छदारले भने, ‘हामी धेरै चुकेका छौँ, त्यसकारण नेपाल धेरै अलमलियो, अहिले पनि राजनीतिक स्थि