नेप्से पुन: २ हजारमुनि, सबै समूहगत परिसूचक राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ४३ प्रतिशत घटेर पुन: २ हजार विन्दुमुनि झरेको छ । परिसूचक १ हजार ९७२ दशमलव ०९ विन्दुमा झरेको हो ।  मौद्रिक नीति समीक्षाअघि २१ सय विन्दुमाथि पुगेको बजार त्यसपछि केही दिन सामान्य बढे पनि लगातारजसो घटेको छ । मौद्रिक नीति समीक्षामा माग सम्बोधन नभएको भन्दै लगानीकर्ता असन्तुष्ट देखिएपछि बजार घट्न थालेको जानकार बताउँछन् ।  बजारप्रति आम लगानीकर्ताको मनोबल निकै कमजोर देखिएको छ, सोही कारण क्रेता निष्क्रिय भएका छन् । ब्याजदर घटिरहेको छ भने बैंकिङ प्रणालीमा तरलता पनि पर्याप्त छ । यही कारण शेयर बजार दिनहुँ ओरालो लागेको जानकार बताउँछन् । बजार बढ्नका लागि लगानीकर्ताको मनोबल सकारात्मक हुनुपर्ने उनीहरूको भनाइ छ । यसो त पछिल्लो समय शेयर बजारमा कारोबारी बढी हावी हुने गरेका छन् । कारोबारीले थोरै मार्जिनमै खरीदविक्री गरिरहेका हुन्छन् । सोही कारण बजारले धेरै उचाई लिन नसकेको जानकार बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २० प्रतिशत घटेको छ ।  बिहीवार  ३०९ धितोपत्रको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर ४८ हजार ३४९ पटकमा रू. २ अर्ब ५९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २१ हजार ६०५ दशमलव १० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत बढेर रू. ७५८ पुगेको हो ।  बिहीवार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३५० दशमलव ९० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ६३ प्रतिशत घटेर रू. ४४३ दशमलव २० कायम भएको छ ।  शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. १० करोड १४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४४० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने कम्पनीको दोस्रोमा जोशी हाइड्रोपावर छ । कम्पनीको रू. १० करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । वित्त समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव २१ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ६२ प्रतिशत घटेको छ । 

सम्बन्धित सामग्री

२१०० को मनोवैज्ञानिक विन्दुबाट पनि तल झर्‍यो नेप्से, सबै समूहगत परिसूचक राताम्मे

जेठ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक ३३ दशमलव ७६ अंकले घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको २ हजार ११३ दशमलव १३ विन्दुबाट खुलेको बजार यस दिन १ दशमलव ६० प्रतिशतले घटेको हो ।  यो दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर २६ हजार ६९३ पटकमा रू. १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ बराबरको शेयर खरीदविक्री भएको छ ।  नेप्से परिसूचक लगातार पाँचौ दिन पनि घटेको छ । शेयर बजार निरन्तर घट्दै २ हजार १०० विन्दुभन्दा पनि तल आएको छ । यो विन्दु पछिल्लो डेढ वर्ष यताकै सबैभन्दा न्यून विन्दु हो । कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये उपकार लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७५७ पुगेको हो ।  त्यसैगरी दोस्रोमा बलेफी हाइड्रोपावको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. १६८ कायम भएको छ ।  शुक्रवार सबैभन्दा बढी किसान लघुवित्तको शेयरमूल्य ८ दशमलव ८५ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१८ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ६५ प्रतिशत घटेर रू. १ हजार २५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएको हो । उक्त कम्पनीको रू. ६ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी दोस्रोमा नागरिक लगानी कोषको रू. ४ करोड २ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्येसबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । यस दिन व्यापार र नीर्जिवन बीमा उपसमूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । व्यापार समूहको परिसूचक २ दशमलव ५६ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव ३४ प्रतिशतका दरले घटेसँगै सर्वाधिक गुमाएका हुन् ।   समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको १ दशमलव ६८ प्रतिशत, व्यापार समूहको २ दशमलव ५६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ५५ प्रतिशत, हाइड्रोपावर समूहको १ दशलमव ३ प्रतिशत, वित्त समूहको १ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको १ दशलमव ४४ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशलमव ७४ प्रतिशत र लगानी समूहको १ दशमलव ९१ प्रतिशतका दरले घटेको हो ।

२५४४.९४ विन्दुमा नेप्से परिसूचक, शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री

फागुन २३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशमलव ५५ विन्दुले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ५४४ दशलमव ९४ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ५३ लाख १५ हजार २९२ कित्ता शेयर ४० हजार १३० पटकमा रू. २ अर्ब ६० करोड ९ लाख ३० हजारमा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये सबैभन्दा बढी बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ दशलमव ९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७०३ कायम भएको हो । त्यसैगरी दोस्रोमा बोटलर्स नेपाल तराईको शेयरमूल्य ५ दशमलव ४ प्रतिशतले वृद्धि भएर रू. १३ हजार ८५० पुगेको छ ।  सोमवार पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ९० प्रतिशतले घटेसँगै सर्वाधिक गुमाएका हुन् । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१८ मा झरेको छ । त्यसैगरी दोस्रोमा पञ्चकन्या माईहाइड्रोपावर लिमिटेडको शेयरमूल्य ४ दशमलव ४७ प्रतिशत घटेर रू. ३२९ कायम भएको छ । त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको रू. २७ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १०७ कायम भएको छ । त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । उक्त कम्पनीको रू. १२ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  सोमवार कारोबारमा आएका १३ ओटा समूहमध्ये पाँच ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको समूहगत परिसूचक घटेको छ । समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशलमव ४९ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशलमव ०९ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४७ प्रतिशत र अन्य समूहको परिसूचक १ दशमलव ५८ प्रतिशतका दरले वृद्धि भएको हो । त्यसैगरी समूहगत परिसूचक घट्नेमा लगानी समूहको परिसूचक शून्य दशलमव ६८ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशलमव ४२ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव १४ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत,वित्त समूहको १ दशमलव ३४ प्रतिशतले घटेको छ ।  त्यस्तै हाइड्रोपावर समूहको १ दशलमव शून्य ४ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ४९ प्रतिशत र ब्यापार समूहको परिसूचक शून्य दशलमव ६ प्रतिशतका दरले घटेको छ । केहि साता यतादेखि बजार धेरै घटिसकेको  छ । सोही कारण बजार धेरै तल पनि जान सकेको छैन भने माथि पनि जान सकेको छैन । हुन त बैंकिङ प्रणालीमा तरलता अभावसँगै ब्याजदर बढेका कारण शेयर बजार प्रभावित भइरहेको देखिएको छ । धेरै घटिसकेकाले अब बजारमा प्यानिक सेल सकिएको संकेत देखिएको कतिपय लगानीकर्ताहरुले बताएका छन् ।

प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा पनि १० अंकले मात्र घट्यो नेप्से

काठमाडौँ– प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दूमा कारोबार बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.०१ प्रतिशत अर्थात् ०.०६ अंकले बढेको छ । शुरुदेखि नै कारोबारमा उतारचढाव देखिएको नेप्से पौने २ देखि …

प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा पनि १० अंकले मात्र घट्यो नेप्से

काठमाडौँ– प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दूमा कारोबार बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.०१ प्रतिशत अर्थात् ०.०६ अंकले बढेको छ । शुरुदेखि नै कारोबारमा उतारचढाव देखिएको नेप्से पौने २ देखि …

प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा पनि १० अंकले मात्र घट्यो नेप्से

काठमाडौँ– प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दूमा कारोबार बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.०१ प्रतिशत अर्थात् ०.०६ अंकले बढेको छ । शुरुदेखि नै कारोबारमा उतारचढाव देखिएको नेप्से पौने २ देखि …

प्रि - ओपन सेसनमा १.४३ अंकले घट्यो नेप्से परिसूचक

पुस २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशलमव ४३ अंकले घटेको छ । प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ६४७ दशलमव ७५ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १८ ओटा कम्पनीको २३ हजार ४४० कित्ता शेयर रू. १० लाख ९८ हजार ३८३ मा खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री गरिमा विकास बैंकको भएको छ । उक्त कम्पनीको रू. ६ लाख ६६ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  अघिल्लो कारोबार दिन बुधवार भने नाफा बुक भएसँगै ३० दशमलव ७५ अंकले  बजार घटेको थियो । उक्त कारोबार दिन ४ अर्ब ६२ करोड बराबरको शेयर खरीदविक्री  भएको थियो । उक्त दिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशत र वित्त समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले बढेको थियो भने बाँकी सबै समूहको परिसूचक घटेको थियो ।

तरलता अभावले सेयर बजारमा गिरावट

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव बढेसँगै सेयर बजार पनि प्रभावित भएको छ । तिहार बिदापछि खुलेको बजारमा दुई दिनमै करिव एक सय अंकको गिरावट आएको छ ।नेपाली सेयर बजार परिसूचक (नेप्से) सोमबार १९ अंकले घटेकोमा मंगलबार ७९ अंकले घटेको छ । मंगलबार नेप्से सूचकसँगै समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन […]

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ०.९४ अङ्कको सामान्य वृद्धि

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से १ अङ्कमुनि हरियो रह्यो। यस दिन ०.९४ अङ्कले बढेको परिसूचकले उच्च अङ्कको नयाँ रेकर्ड भने कायम गरेको छ। परिसूचक ३ हजार १६२ अङ्कमा कायम भएको छ। यस दिन कुल १५ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भयो। समूहगत रुपमा हेर्दा होटल तथा पर्यटन र जलविद्युत समूहमा लगानीकर्ताको आकर्षण […]

स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]

नेप्से करिब ७६ अंकले घट्दा पनि यी कम्पनीले भने कमाए

१२ वैशाख, काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ […]