जसपाका दुवै पक्षको कारबाही अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । जसपाका दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ र पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो ।