पञ्चदोबाटो बजार दोस्रो ठूलो व्यापारिक केन्द्र

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजारलाई सुधार गरिएको छ । नगरपालिकामा दिक्तेल बाहेक अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक शुक्रबार हटिया लाग्ने पञ्चदोबाटो बजारको समग्र सुधार गरिएको हो ।

सम्बन्धित सामग्री

नाम मात्रका नयाँ सहर, अपूरो पूर्वाधार

बागलुङ  :  साँघुरो बजार, त्यसमाथि खोलाको जोखिम, नेपाल सरकारले दश नमुना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ। निसी, भूजी र तमानको संगम स्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र पनि हो।बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो। तर, अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन। योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भयो।रहेक वर्ष करोडौँका बजेट यहाँ परे पनि अझै अत्यावश्यकीय पूर्वाधारहरु निर्माण हुन सकेका छैनन्। पूर्वाधा

बागलुङको बुर्तिबाङ बजार : नमुना सहरको काम सुस्त गतिमा

साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो । तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना […]

ट्रेडमलको चाडपर्व लक्षित योजना

पोखराको ठूलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलले दसैंँ तिहारलाई लक्षित गरी उपहार योजना ल्याएको छ ।ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही १ भदौदेखि ३० कात्तिकसम्म ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएका छन् ।टे«ड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले नि:शुल्क उपहार कुपन प्राप्त गरी लाखौंको उपहार जित्न सक्ने भएको उत्सव व्यवस्थापन समितिका […]

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीको लागुऔषध नष्ट

म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नस्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरुप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागुऔषध नष्ट गरेका हुन् । लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागुऔषध नष्ट गरिएको हो । म्यामारमा मेथाम्फेटामाइन कीर्तिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ । लगभग दुई टन हेरोइन र ६३० मिलियन भन्दा बढी याबा मेथ चक्कीहरू म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य

सडक सञ्जाल पुगेसँगै व्यापारिक केन्द्र बन्दै बीपीनगर

डोटी । विकासको प्रमुख पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र व्यापारिक केन्द्र बन्न थालेको छ । बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रूपमा चिनिन्छ । बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक यो क्षेत्रमा संकलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायतका जडीबुटी बाहिर निर्यात हुन्छ । यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताए । तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो । ‘विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ’, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरका प्रशासकीय अधिकृत यमप्रसाद भट्टले भने, ‘सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’ डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गडसिरी नदी र कापडी नदीको संगम नजिकैको मैदानी फाँटमा बीपीनगर बजार विस्तार भएको छ । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ । यसका लागि बीपीनगरदेखि बनाना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाडहुँदै बड्डीकेदारसम्म केबुलकार निर्माणका लागि पहल भइरहेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए । यो क्षेत्रको नाम बीपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जो कोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्दछन् । २०४६ सालमा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामकरण गरिएको हो । २०४६ अघिसम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो । धनगढी–डँडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडक खण्डबाट बीपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दीपायलसम्मको सडक बन्दै छ । यस्तै धनगढीदेखि स्याउले–बीपीनगर हुँदै दीपायल सम्मको फास्ट ट्र्याक पनि निर्माणाधीन छ । सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महŒव अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् । सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा करन साउदले यो क्षेत्रमा हालै रू. १ करोडभन्दा बढीको लगानीमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याएका छन् । रासस

११ युवा मिलेर सुन्दरबजार नगरपालिकामा अटाे सञ्चालनमा ल्याए

लमजुङ – लमजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजार नगरपालिकामा पहिलो पटक तीन पाङ्ग्रे गाडी (अटो) सञ्चालन गरिएको छ । भोटेओडार क्षेत्रका ११ जना युवा मिलेर ‘साना सवारी यातायात लमजुङ प्रालि’ दर्ता गरी नगर क्षेत्रका बजारी क्षेत्रमा अटो सञ्चालन गरेका हुन् । सुरुवातमा प्रालिमार्फत पाँच वटा अटो सञ्चालनमा ल्याइएको र सम्बन्धित निकायको सहयोगमा आवश्यकताअनुसार अटोको सङ्ख्या बढाउँदै लगिने साना सवारी यातायात लमजुङ प्रांलिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । चितवनबाट एउटा अटोलाई ६ लाख ५५ हजार रुपैयाँमा ...

अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा

काठमाडौँ- विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको छ । ​ अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिबान लडाकुले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । जारञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ । तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास […]

फिल्मी दुनियाँ छाडेर ‘चियावाला’ बनेका गणेशदेव : बुवा–बाजेको पेशामै खुशी

अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक जितगढी किल्लाको समिप । ३०० वर्ष अगाडिको व्यापारिक केन्द्र (बटौली) पारि बुटवल । तिनाउ नदीको काखैमा रहेको पुरानो बटौलीको २०० वर्ष पुरानो ३ तले घर । जहाँ चलचित्र निर्देशक/निर्माता गणेशदेव पाण्डेले शुरू गरेका छन्, चिया पसल ।  आश्चर्यलाग्दो चिया पसल भएको ठाउँ निमचोकले समेत परिचित छ । निमचोकमा आजभन्दा ६०–६५ वर्षअघिसम्म पहाडबाट नून खेप्न बटौली आउने भरियाहरू भारी बिसाउँथे । पहाडबाट ल्याइएका घ्यू ठूलो कराईमा राखेर खारिन्थ्यो । बुटवलको सांस्कृतिक शहरका रूपमा अगाडि बढाइएको ...

म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

गलेश्वर । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको