प्रधानमन्त्रीले भने – देशभित्रको अतिवादी तत्व प्रमुख सुरक्षा चुनौती

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा उनले अतिवादी तत्वका साथै जातीय क्षेत्रीय विद्वेषमा आधारित द्वन्द्व सुरक्षा चुनौती बनेको बताए । 'देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै …