दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गरेकी छन् । त्यस क्रममा उनले उपचार केन्द्रबाट भइरहेको सेवाप्रवाहबारे जानकारी लिएकी छन् । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री गौतमलाई जानकारी गराए। अघिल्लो सरकारका पालामा सम्पन्न विस्तृत परियोजना प्रतिवेदन […]