पुँजीबजार बिहानी अपडेट : ऋणपत्र निष्कासनदेखि विशेष साधारणसभा आह्वानसम्म

आज पुँजीबजारसँग सम्बन्धित विभिन्न कम्पनीहरूले साधारणसभा, पूँजी संरचना परिवर्तन र ऋणपत्र निष्कासनलगायत महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन्। प्रभु महालक्ष्मी लाइफको विशेष साधारणसभा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैत १९ गते काठमाडौंमा विशेष साधारणसभा बोलाएको छ। सभामा संस्थापक शेयरको १० प्रतिशत सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव लैजाने तयारी छ। साथै, नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न […]