१३ करोडभन्दा बढी ऋण दुरुपयोग आरोपमा जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डे थुनामा

उच्च अदालत पाटनले बैंकबाट लिएको १३ करोड रुपैयाँभन्दा बढी ऋण रकम दुरुपयोग गरेको तथा बैंकिङ कसुर गरेको अभियोगमा जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दाको अन्तिम टुंगो नलागेसम्म पाण्डेलाई थुनामा […]