सेप्टेम्बर १८ देखि नयाँ ‘पब्लिक चार्ज’ नियम, कस्ता ग्रिनकार्ड आवेदक प्रभावित? (नेपाली भाषामा निर्देशिका)

न्युयोर्क — अमेरिकामा आप्रवासीको भिसा र ग्रिनकार्डसम्बन्धी प्रक्रियामा प्रयोग हुने ‘पब्लिक चार्ज’ परीक्षणको दायरा फराकिलो बनाउने नयाँ संघीय नियम सेप्टेम्बर १८, २०२६ देखि लागू हुने भएको छ। नयाँ व्यवस्थाले यसअघि सीमित रहेका सरकारी लाभको दायरा विस्तार गर्दै आवेदकले प्राप्त गर्ने लाभसँगै कतिपय अवस्थामा उनका परिवारका सदस्य वा आश्रितले प्राप्त गरेका लाभलाई समेत आप्रवासन अधिकारीहरूले मूल्यांकन […]