कारोबार र भोल्युम बढ्दै नेप्सेमा बुलिस संकेत, २६८० को प्रतिरोध निर्णायक

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज बजार करिब २३ अंकले बढेर २ हजार ६४७ को बिन्दुमा बन्द भएको हो । यससँगै नेप्सेमा लगातार दोस्रो कारोबार दिन बढोत्तरी आएको छ । बजार बढेसँगै कारोबार रकम तथा भोल्युममा समेत सुधार आउनुले पछिल्लो बढ्दो चाललाई प्राविधिक रुपमा सकारात्मक संकेत दिएको छ । […]