क्यानका महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश

काठमाडौं। विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज (आइतबार) पुर्पक्षको सुनुवाइपछि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीसँगै पक्राउ परेका मुरारी भण्डारीलाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको विशेषका सहप्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए। अख्तियार […]