रसुवा, १० मङ्सिर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था बुझ्न आज रसुवाको आमाछोदिङमो गाउँपालिकामा आएकी छिन् । गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले बाढीबाट महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ । […]