काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल शाखाको दोस्रो अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेलाई आगामी कार्यकाल सन् २०२५-२०२७ का लागि अध्यक्षका रूपमा निर्वाचित गरेको छ। राजधानीमा सम्पन्न अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं चुनिए। फिल्म निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव, राजिन पनेरू […]