काठमाडौँ। पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ। आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा र हिमपात सुरु भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनले अहिले बैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको तथा डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए। […]