खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

काठमाडौँ। खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको थियो । […]