भदौ २३ र २४ को घटना मानव सभ्यताकै क्रुर घटना : संविधानविद् डा. आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले २०८२ भदौ २३ र २४ गतेका घटनालाई मानव सभ्यताकै क्रुर घटनाको संज्ञा दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. आचार्यले उक्त घटनाले हजारौं वर्षको स्वाभिमान र स्वाधीनता बोकेको नेपाललाई क्षणभरमै ‘सुरुङभित्र’ पारेको टिप्पणी गरेका हुन्। उनले भदौ २३ र २४ को अवस्थालाई भोटेकोशी बाढीमा सुरुङभित्र फसेका मानिसले भोगेको पीडा र त्रासदीसँग तुलना गर्दै क्षतिको पूर्ण लेखाजोखा हुन नसकेको बताएका छन्। अब सुरुङभित्रै सुशासन खोज्ने कि पहिले देशलाई सुरुङबाट जीवितै […]