वर्षाको साँझमा तिमी

तिम्रो ओठको स्पर्शले, मनको प्यास बुझाइदेऊ, मौन बनेका भावहरू, मायाले नै सजाइदेऊ। एकातिर यो प्यास छ, अर्कातिर प्रेमको ज्वाला, तिमी आए शीतल बन्छ, मनभित्रको त्यो उज्याला। तातो तावामा पानीको, थोपा जसरी हराउँछ, तिम्रो न्यानो सामीप्यले, मन त्यसै हराउँछ। बाहिर बादल गड्गडिन्छ, झरी झर्छ झमझम, भित्र भने तिम्रै नाममा, धड्किरहन्छ यो मन। भिजेको त्यो केश तिम्रो, […]