काठमाडौँ । नेपालमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति अस्ट्रेलियाका गभर्नर-जनरल साम मोस्टिनले नेपाली समुदायसँग ऐक्यबद्धता जनाएकी छन्। क्यानबेरास्थित नेपाली समुदायका प्रतिनिधिसँग भेट गर्दै मोस्टिनले विपत्तिबाट प्रभावित नेपाली नागरिक तथा परिवारको अवस्थाप्रति चासो व्यक्त गरेकी हुन्। भेटका क्रममा नेपाल-अस्ट्रेलिया सम्बन्धसँगै अस्ट्रेलियामा रहेका नेपाली-अस्ट्रेलियाली समुदायको अवस्थाबारे समेत छलफल भएको थियो। अस्ट्रेलिया-नेपाल फ्रेन्डसिप सोसाइटीको पहलमा गभर्नर-जनरलको सरकारी […]