नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त

नेपाल बैंकको सञ्चालक समितिमा केदारनाथ शर्मा नियुक्त भएका छन् । बैंकमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेश कुमार शाक्यको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा मनोनयन भएका हुन्।उनले आज  सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। कार्यक्रममा सञ्चालक समिति अध्यक्ष अर्यालले सार्वजनिक प्रसाशन तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका सञ्चालक पाएकोमा खुसी व्यक्त गर्दै सञ्चालक शर्मालाई बैंकको सञ्चालक समितिमा स्वागत गरेका छन्। साथै, सञ्चालक सदस्यबाट बिदा भएर जान लागेका रितेश कुमार शाक्यले आफ्नो कार्यकालमा बैंकको सञ्चालक समितिमा रहेर पुयाएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरेका चना। नवनियुक्त सञ्चालक सदस्य केदारनाथ शर्माले नेपालको पहिलो बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा बैंकको सर्वोपरी हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

सम्बन्धित सामग्री

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा सञ्चालक परिवर्तन

असोज २५, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त भएका हुन् । नेपाल सरकार अर्थ मन्त्रालयको असोज १९ गतेको पत्र अनुसार बैंकको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । यससअघि उक्त पदमा धनीराम शर्मा रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक धनीराम शर्माको पदावधि सकिएसँगै मन्त्रालयले केदारनाथ शर्मालाई मनोनित गरेको हो । यो सँगै, हाल निफ्राको सञ्चालक समितिमा ५ जना रहेका छन् । जसको नेतृत्व अध्यक्ष अनुज अग्रवालले गरेका छन् । उनी विशाल ग्रपका प्रतिनिधि हुन् । त्यस्तै, सञ्चालकमा नेपाल सरकारको प्रतिनिधि केदारनाथ शर्मा, आईएमईका प्रतिनिधि चन्द्रप्रसाद ढकाल, इमर्जिङ्ग नेपालका प्रतिनिधि लालमणी जोशी र स्वतन्त्र सञ्चालकमा शंकर प्रसाद अधिकारी रहेका कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।