बाढीले काठमाडौंमा संक्रामक रोगको जोखिम बढायो

केही दिनयता वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा बाढी आएको छ, घरहरु डुवानमा परेका छन् । यसबाट हामीले प्रयोग गर्ने पानी र खानेकुरा प्रदूषित भई महामारीको सम्भावना बढेको छ । पानी र खानेकुरा प्रदूषित हुँदा संक्रामक रोगको प्रकोप वा महामारी फैलिने सम्भावना हुन्छ । डुबानपछि टाइफाइड, हैजा, लेप्टोइसपाइरोसिस, भाइरल हेपाटाइटिस (‘ए’ वा ‘इ’ ), […]