काठमाण्डाै - तालिबानसँग अमेरिकाले गरेको सम्झौता अफगान सरकार छिट्टै ‘कोल्याप्स’ हुनुको कारक रहेको अमेरिकाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।
अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा सुरक्षा अधिकारीहरुले तालिबानले अफगानिस्तान तीव्र गतिमा कब्जा गर्नुको पछाडि अमेरिकाले सन् २०२० मा तालिबानसँग गरेको सम्झौता कारक रहेको बताएका हुन् । सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको सम्झौताले अमेरिकी सैनिक फिर्ताको मिति तय गरेको थियो ।
रक्षामन्त्री लोयड अस्टिनले पनि सम्...