न्यायाधीशको सहभागितालाई लिएर हामीले इजलास बहिस्कार गर्दैनौँ : बन्दी

काठमाडौं । वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशको सहभागितालाई लिएर आफूहरुले इजलास बहिस्कार नगर्ने बताएका छन् । “हामीले इजलास बहिस्कार गर्दैनौँ तर प्रश्न उठिसकेपछि न्यायाधीशद्वयले निर्णय गर्नुपर्ने हो । इजलास उहाँहरुसहित बस्न पनि सक्छ तर त्यसमा बहिस्कार गर्ने भन्ने कुरा आउँदैन,” उनले भने ।  

सम्बन्धित सामग्री

सर्वाेच्चका न्यायाधीशले गरे सबै इजलास बहिस्कार

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारका पनि सबै इजलास बहिस्कार गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरूले शुक्रबार बन्दी प्रत्यक्षीकरणका रिटसमेत हेरेनन्।प्रधानन्यायाधीश राणाले आफू बाहेकका आठ वटा इजलास गठन गरेका थिए। राणाले न्यायाधीश हरिकृष्ण कार्कीको एउटा मात्रै एकल र अन्य सात वटा संयुक्त इजलास गठन गरेका थिए।शुक्रबार न्यायाधीश न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्व

वार्ता टोलीसँग छलफलै नगरी प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ इजलास

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना लागि कुनै पनि इजलास नतोकेर बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेशी मात्रै तोकेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै निरन्तर इजलास बहिस्कार गरिरहेका बेला उनले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेशी मात्रै तोकेका हुन् । न्यायाधीशहरूले हिजो प्रधानन्यायाधीशसँग वार्ताका लागि तिन सदस्यीय वार्ता टोली गठन गरे पनि कुनै छलफल नभइ इजलास […]

प्रधानन्यायाधीश जबराले ताेके पेशी, राखे आफ्नै दुईवटा इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजको लागि सर्वोच्च अदालतमा १२ वटा इजलास तोकेका छन् ।  सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले दुई वटा इजलास आफूसँग राखेर पेशी तोकेका हुन् ।  उनले आफ्नो एकल पूर्ण इजलासमा २ वटा मुद्दाको पेशी तोेकेका छन् । त्यसैगरी, प्रधानन्यायाधीश जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त पूर्ण इजलासमा १४ वटा मुद्दाको पेशी तोकिएको छ ।  प्रधानन्यायाधीश जबराले आफ्नो एकल पूर्ण इजलासमा राखेको दुई वटा उत्प्रेषणका मुद्दा छन् । एउटा महान्यायाधिवक्ताक...

इजलास बहिस्कार गरेका न्यायाधीशविरुद्ध मुद्धा

इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध रिट पेश भएको छ।

पूर्वन्यायाधीश लम्सालको निधनका कारण आज प्रधानन्यायाधीशको इजलास पनि नबस्ने

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएका कारण सर्वोच्च अदालतको इजलास नबस्ने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज इलजास तोकेर आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका थिए । सर्वोच्चमा न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला जबराले इजलास तोकेका थिए ।  बुधवार अरू न्यायाधीश इजलासमा नबस्दा जबराले एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाइ गरेका थिए ।  पूर्व न्यायाधीश लम्सालको निधनको शोकमा आज जबराको एकल इजलास पनि नबस्ने भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।  ...

न्यायाधीशले गरे इजलास ‘बहिस्कार’

सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेसी तोकिए पनि इजलास नै बस्न सकेन ।  सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नैतिक प्रश्न उठेपछि  न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबार मात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्याय