ब्रिटिश राजकुमार फिलिप एक महिनापछि अस्पतालबाट फिर्ता - नेपाली समाचार

ब्रिटिश राजकुमार फिलिप अस्पतालका स्वास्थ्यकर्मीको हेरचाहबाट एक महिनापछि मुक्त भएका छन्।

सम्बन्धित सामग्री

गुगल म्यापको भर पर्दा दुई सातासम्म जङ्गलको बास, गुगलले माग्यो माफी

काठमाडौँ– मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् । तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ । वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए । त्यहाँ दुवैले एक […]

अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सिड्नी । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा सहभागी अधिकांश अर्थशास्त्रीहरूले बैंकले ब्याजदर स्थिर राख्ने बताएका थिए ।  ब्याजदर वृद्धिको खबरसँगै एसएन्डपी/एएसएक्स २०० प्रतिशतले घटेको छ । अमेरिकी डलरको तुलनामा अष्ट्रेलियाली डलरको भाउ भने शून्य दशमलव ७३ प्रतिशतले बढेर शून्य दशमलव ६६ सेन्टमा पुगेको थियो । आरबीए जसरी पनि महँगी घटाउने दाउमा छ । अपिलमा अष्ट्रेलियामा महँगी ६ दशमलव ८ प्रतिशत थियो । महँगी उच्चतम् स्तरमा उक्लिसकेको भए पनि अझै पनि यो उच्च स्तरमै रहेको संकेत मिलिरहेको आरबीएका गभर्नर फिलिप लोईले भनेका छन् । हालै मात्रै महँगी थप बढ्न सक्ने जोखिम बढेकोले बैंकले ब्याजदर बढाउने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा लोईले भनेका छन् । आरबीएले मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतमा झार्ने लक्ष्य रोखेको छ । महँगी लामो समयसम्म उच्च स्तरमा रहिरह्यो भने यसलाई पछि अंकुश लगाउन झनै महँगो पर्ने बताइएको छ । ब्याजदर झनै बढाउनुपर्छ अनि बेरोजगारी दरमा पनि उच्च वृद्धि हुने जोखिम हुन्छ । बैंकले महँगीमा अंकुश लगाउन थप ब्याजदर वृद्धि गर्ने संकेत गरेको छ । आक्रामक रूपमा ब्याजदर बढाइरहँदा आर्थिक मन्दी निम्तने नदिने काम फलामको च्यूरा चपाउनु सरह हुनेमा पनि बैंकको चिन्ता छ । आरबीएले जति जति ब्याजदर बढाउँदै  जान्छ उति नै सुरक्षित अवतरण वा आर्थिक मन्दी ननिम्त्याइकन महँगीमा अंकुश लगाउने काम कठिनतम् बन्दै  जाने विश्लेषण गर्न लागिएको छ । एजेन्सी