हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लगएका छन् । सोमबार सिमकोट गाउँपालिका( ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप