पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । च

सम्बन्धित सामग्री

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन- झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको […]

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ।

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

१४ करोड अनुमानित लागतमा भरतपुर आँखा अस्पतालको नयाँ भवन शिलान्यास

फागुन ३, चितवन । भरतपुर आँखा अस्पतालको नयाँ भवनको शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण प्रक्रिया थालिएको बताइएको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सोमवार भवनको शिलान्यास गरेकी हुन् । अस्पतालले कुल रू. १४ करोड ३५ लाख खर्च लागतमा सुविधा सम्पन्न भवन बनाउन लागेको हो । भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रू. ४ करोड १२ लाख ५० हजार ५९३ लागतमा काम शुरु गर्न लागेको अस्पतालले जानकारी दिएको छ ।  बजेट अभावका कारण हाललाई सुरुवात मात्रै गर्न लागिएको नेपाल नेत्र ज्योति संघका सभापति एवम् भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए ।  निर्माण थालेको ६ महीनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ । तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुईतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष सञ्चालन हुनेछ । अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा रहेका छन् । अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै १०० शय्या थप हुने अस्पतालका प्रशासक दयाशंकर चौधरीले जानकारी दिए । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्या सम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने चौधरीको भनाइ छ । शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले १ करोड रुपैयाँ सहयोग गर्ने बताइन् । उनले तत्काल आधा रकम र बाँकी आगामी आर्थिक वर्षमा प्राप्त हुने गरी सुनिश्चितता गराउने प्रतिबद्धता व्यक्त गरिन् । सरकारको एक शहर एक पहिचान रुपमा भरतपुर मेडिकल सिटीको रुपमा विकास भएको भन्दै उनले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन महानगर लागिरहेको दाहालको भनाइ थियो ।  वि.सं. २०४४ साल चैत १८ गते आँखा रोगको निदान एवम् उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो ।  स्थापना कालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगहरुको निदानका गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए । अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । हाल अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवा लगायतका सेवा उपलब्ध रहेको  अस्पतालले जनाएको छ । भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक ४ सयदेखि पाँच सय बहिरंग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ ।