म्याग्दी : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन्।तीन दिनदेखिको वर्षाले वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानमा सडक भासिएको छ।राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जल