उपत्यकामा व्यापार व्यवसाय खुल्यो, यातायातमा जोरबिजोर कायमै

काठमाडौ : सरकारले आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर कायमै राखिएको छ।  तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको छलफलले यस अघि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत राख्ने निर्णय गरेको हो।  यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक ...

सम्बन्धित सामग्री

५४ दिनपछि उपत्यकामा चहलपहल बढ्यो : पसल खुले, ग्राहक भने आएनन्

काठमाडौं । निषेधाज्ञा शुरू भएको ५४ दिनपछि मंगलवारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएसँगै बजारमा मानिसको चहलपहल बढेको देखिएको छ । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीमा र पसल व्यवसाय वारको आधारमा सञ्चालन गर्न दिनेगरी निषेधाज्ञा खुकुलो पारिएपछि बजारमा मानिसको चहलपहल बढेको हो । काठमाडौंका मुख्य व्यापारिक केन्द न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत स्थानमा मंगलवार बिहानैदेखि चहलपहल बढेको देखिएको छ । बजारमा मानिसको चहलपहल बढे अनुसार व्यापार भने नभएको व्यापारीहरूको भनाइ छ । मंगलवार विद्युतीय सामग्री, भाँडाकुडा, अटोमोबाइल लगायतका पसल खुलेका थिए । तर सामान किन्न उपभोक्ता निकै कम आएको विद्युतीय व्यापार संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । पहिलो दिन भएकाले र लामो निषेधाज्ञाका कारण आम्दानी पनि घटेकाले पसलमा सामान किन्ने उपभोक्ता कम भएको हुन सक्ने उनको बुझाइ छ । उपभोक्ता र व्यवसायी दुवैमा महामारीको त्रास कायमै रहेकाले भौतिक दूरी कायम गरिनुका साथै मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सावधानीका उपाय पालना गरी पसल खुलेका छन् । उपभोक्ताको उपस्थिति निकै कम रहे पनि करीब २ महीनासम्म व्यापार व्यवसाय बन्द गरेर घरभित्रै बस्न बाध्य व्यवसायीले केही राहत महसूस गरेका छन् । शुरूका दिनहरूमा व्यापार हुन नसके पनि विस्तारै व्यापार बढ्ने र बजारले आफ्नो लय समात्ने आशा उनीहरूको छ । असनमा भाँडाकुडाको पसल चलाउँदै आएका किसानमान तण्डुकारले पहिलो दिन पसलमा ग्राहक नआए पनि लामो समयपछि पसल खोल्न पाएकोमा आफू उत्साहित भएको सुनाए । ‘दुई महीनादेखि व्यापार बन्द गर्नुपर्दा सटरको भाडा तिर्न समेत समस्या भइरहेको थियो । अब भाडा तिर्ने पैसा आए पनि केही राहत हुनेछ,’ उनले भने । यस्ता सामान अत्यावश्यक वस्तुभित्र नपर्ने भएकाले पनि उपभोक्ता कम आएको हुन सक्ने उनले बताए । निषेधाज्ञाका कारण काठमाडौं उपत्यका लगायत अन्य केही शहरमा करीब १५ प्रतिशत साना तथा मझौला व्यापारीले आफूले गर्दै आएको पेशा व्यवसाय बन्द गरिसकेको नेपाल राष्ट्रिय व्यापार संघले बताएको छ । यद्यपि अब निषेधाज्ञा खुकुलो भएसँगै व्यापारीमा केही आशा पलाएकाले पसल बन्द हुने क्रम रोकिने अपेक्षा गरिएको छ ।

निषेधाज्ञा खुकुलो भएपछिको काठमाडौं (भिडियो)

काठमाडौं : सरकारले तेस्रो पटकसम्म थप गरेको निषेधाज्ञा बिहीवारदेखि खुकुलो भएको छ। व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाएपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। निजी तथा सार्वजनिक यातायत जोरबिजोर नम्बरका आधारमा चल्ने मापदण्ड तय भएको छ। बिहान सडकमा सार्वजनिक यातायात कमै देखिए पनि निजी सवारीको चाप बढेको छ। जोरबिजोर भनिए

भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, यातायातमा जोरबिजोर नियम

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बिहीबार) देखि केही खुकुलो हुने भएको छ। काठमाडौंका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्‍चालन गर्न दिने निर्णय भएको जानकारी दिए। भ...