बैतडी : कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बैतडी देशभरीकै उत्कृष्ट भएको छ। नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सूचांकहरुको आधारमा देशका ७७ जिल्लामध्ये ९४ दशमलव ५६ अंकसहित जिल्ला प्रशासन कार्यालय बैतडी उत्कृष्ट १० भित्र परेको हो।बैतडी लगातार दोस्रोपटक उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसअघि गत वर्ष पनि बैतडी उत्कृष्ट १० भित्र अटाएको थियो।गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन म