साढे ६९ करोडको लगानीमा महानगरको नयाँ भवन बन्ने

काठमाडौं (अस) । काठमाडौं महानगरपालिले ६ रोपनी जग्गामा आफ्नै नयाँ भवन बनाउने भएको छ । रू. ६९ करोड ५८ लाखको लगानीमा महानगरले टेकुस्थित हाल महानगरको वातावरण विभाग रहेको स्थानमा भूमिगत तलासहित ८ तले भवन बनाउने भएको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त भवनको शिलन्यास सोमवार गरेसँगै महानगरको नयाँ भवन भन्ने भएको हो । २०८० असोज मसान्तसम्ममा भवन बनाइसक्ने गरी महानगरले समानन्तर निर्माण सेवा प्रालिलाई ठेक्का दिएको छ । ३ हजार ८३ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्ग मीटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउन्ड कभरेज ४० प्रतिशत हुनेछ । भवनमा १० जना क्षमताका दुईओटा लिफ्ट जडान हुनेछन् । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनीयरिङ प्रालिले तयार पारेका हुन् । नयाँ भवनको भूमिगत तलामा ३० ओटा गाडी र ८० ओटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ ओटा गाडी पार्किङ गर्न सकिनेछ । भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुने महानगरले उल्लेख गरेको छ । आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धीकरण प्रणालीसहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमीन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी दुईओटा सभाहल पनि निर्माण गरिनेछ । भवनको शिलान्यासपछि मेयर शाक्यले पहिलो कार्यपालिका बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको बताए । अधिकांश वडा कार्यालय नवनिर्माण र पुनर्निर्माण भइसकेको उनको भनाइ छ । ‘हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौं,’ शाक्यले भने, ‘मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौं, मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुनर्निर्माण गर्नेछौं ।’ महानगरको एकीकृत भवन नहुँदा छरिएका कार्यालयहरूबाट सेवा व्यवस्थापन गर्न समस्या भएको थियो । केन्द्रीय कार्यालय निर्माण भएपछि सेवा व्यवस्थापनमा सहजता हुने बताइएको छ ।  

सम्बन्धित सामग्री

पोखराले ल्याएको ऊर्जा प्रभावकारी भवन मापदण्डमा के छ ?

१३ फागुन, पोखरा । पोखरा महानगरपालिकाले ९ फागुनमा ल्याएको भवनसम्बन्धी नयाँ मापदण्डमा ऊर्जा प्रभावकारिता सम्बन्धी मापदण्ड पनि राखिएको छ । महानगरको भवन तथा पूर्वाधार मापदण्डको परिच्छेद ५ मा ऊर्जा प्रभावकारिताबारे उल्लेख छ । उक्त मापदण्डअनुसार अब बन्ने पोखराका भौतिक संरचना भूगोलको उचाइअनुसार फरकमात्रै हुनेछैनन्, वातावरणमैत्री झ्याल, ढोका पनि राख्नुपर्नेछ । पोखरा महानगरका नक्सा शाखा प्रमुख […]

उड्डयन प्राधिकरणलाई भवन नक्सा पास गर्न महानगरको पत्र

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै सिनामंगलको भवनको नक्सा पास गराउन अनुरोध गरेको छ। सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले लेखेको पत्रमा भवन निर्माणसम्बन्धी नियम पालना गरेको प्रमाण पेस गर्न भनिएको छ।मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलोपटक २०७९ भदौ २३ गते ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो। यसबाट करिब ७ हजार निवेदन दर्ता भए। तीमध्ये १ हजार ७ सय ब

एक वर्षमा विराटनगर महानगरको आवरण फेरियो, अवस्था उस्तै

१ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्रशासनिक भवनको बाहिरी भाग रंगरोगन गरिएको छ । झट्ट हेर्दा महानगरको स्वरुप फेरिए जस्तो देखिन्छ । तर, कार्यालयभित्रको अवस्था भने उस्तै छ । नयाँ जनप्रतिनिधिको एक वर्षको अवस्था पनि महानगरको प्रशासनिक भवन जस्तै छ । आवरणमा नयाँ परिवर्तन देखिए पनि अवस्था भने पुरानै छ । महानगर नेतृत्वसँगको असन्तुष्टि र […]

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणको काम शर्मा–सगरमाथा–सगुन जेभीले अघि बढाएको हो । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने जनाइएको छ ।महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावक

५३ करोडको लागतमा ललितपुर महानगरले नयाँ भवन बनाउँदै

९ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले सात तल्ले प्रशासनिक भवन निर्माण गर्ने भएको छ । पुल्चोकस्थित महानगरको हालको भवनभन्दा दक्षिण पश्चिम भागमा निर्माण हुने नयाँ प्रशासनिक भवनको शिलान्यास बुधबार नगरप्रमुख चिरीबाबु महर्जनले गरेका छन् । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने उक्त भवन ३० महिनामा निर्माण सम्पन्न हुनेछ । महानगरप्रमुख महर्जनले महानगरको प्रशासनिक भवन निर्माणको सुरुवात […]

‘राजनीतिक स्वार्थ’ले रोकियो पोखरा महानगरको भवन निर्माण

२ चैत, पोखरा । स्थानीय चुनावमा जनप्रतिनिधिले मेट्रो रेलदेखि रिङरोडसम्मको घोषणापत्र बोकेर चुनाव त जिते । अहिले ती घोषणा पछिल्ला नीति तथा कार्यक्रमबाटै ‘गायब’ भइसकेका छन् । निर्णय भइसकेका कतिपय योजनासमेत कार्यान्वयन हुनै नपाई जनप्रतिनिधिको कार्यकाल सकिंदैछ । त्यसैमध्येको एउटा उदाहरण हो, महानगरको नयाँ प्रशासनिक भवन । पोखरा महानगरमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि पहिलो कार्यपालिका […]

काठमाडौं महानगरको कार्यालय भवन बन्ने

काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ ।सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र […]

साढे ६९ करोड लागतमा काठमाडौँ महानगरको कार्यालय भवन बन्ने

काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणको शिलान्यास गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो । काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तु शैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्र