नेपालगन्ज–पोखरा उडान शुरू

नेपाल समाचारपत्र, बाँके । नेपालगन्जदेखि पोखरा उडान शुरू भएको छ । बुद्ध एयरले आइतबारदेखि त्यसको शुरुवात गरेको हो । पहिलो उडानमा १७ जना यात्रु पोखरा पुगेका छन् । बुद्ध एयर, नेपालगन्जका प्रबन्धक विनित शाहका अनुसार हप्ताको तीन दिन नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान हुनेछ । बुद्ध एयरले आइतबार, बुधबार र शुक्रबार नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान गर्नेछ । नेपालगन्ज–पोखराका लागि तीन […]

सम्बन्धित सामग्री

हिमालय एअरलाइन्स्को काठमाडौं–शाङ्हाई सीधा उडान शुरू

काठमाडौं। हिमालय एअरलाइन्सले चीनको शाङ्हाई शहरमा शनिवारदेखि नियमित सिधा उडान शुरू गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शनिवार बिहान ९:२० बजे १३७ यात्रुसहितको हिमालयको जहाज शाङ्हाई उडेको हो । काठमाडौं–शाङ्हाई उडान ५ घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । शाङ्हाईमा हिमालय एअरलाइन्स्को यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी पेइचिङसहित विभिन्न ९ शहरमा उडान विस्तार गरेको छ ।

स्याङ्जामा पनि प्याराग्लाइडिङको परीक्षण उडान शुरू, ‘सातौँकोटबाट आधिखोला उडाइने’

स्याङ्जा, जेठ २० । स्याङ्जाको पुतलीबजार–१४ सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान शुरू गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौँ कोटबाट बिहीवार परीक्षण उडान गरिएको हो । सतौँ कोटमा ‘टेकअप प्वाइन्ट’ बनाइएको छ भने आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइन्ट’ सम्याउने काम गरिएको छ । सतौँ कोटबाट उडेर राङखोला–११ को गैरीजाँगर र राङखोला–१३ को […]

बुद्धको काठमाडौं–वाराणसी उडान पुन: शुरू

काठमाडौं (अस) । बुद्ध एयरले कोभिड–१९ महामारीले बन्द रहेको काठमाडौं–वाराणसी उडान सोमवारदेखि पुन: शुरू गरेको छ । उक्त उडान दुई वर्षदेखि स्थगित थियो । बुद्धले भारतको वाराणसी साताको २ उडान गर्नेछ । प्रत्येक सोमवार र शुक्रवारको उडान तालिका छ । सोहीअनुसार काठमाडौंबाट बिहान ७:१५ बजे कम्पनीको एटीआर जहाजले भारतको वाराणसी उडान गरेको हो । सो उडानमा ४४ यात्रु र चालक दलका ६ सदस्य रहेको कम्पनीले जानकारी दिएको छ । वाराणसीबाट काठमाडौंको लागि बिहान ८:४५ बजे उडान गरेको छ । वाराणसीबाट ३९ यात्रु काठमाडौं आएका छन् । कम्पनीले सोमवार सूचना जारी गर्दै यो उडानले विदेशी यात्रुलाई पनि नेपाल आउजाउ गर्न सजिलो हुने उल्लेख गरेको छ । कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं–इलाम व्यावसायिक हवाई उडान शुरू

इलाम । काठमाडौं–इलाम व्यावसायिक हवाई उडान बुधबारबाट शुरू भएको छ । इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा शुरू भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट हवाई उडानको अनुमति तारा एयरलाइन्सले लिएसँगै काठमाडौं–इलाम हवाई उडान–अवतरण चालु भएको हो । तारा एयरको जहाज काठमाडौंबाट १० बजे उडान भरेर फाल्गुनन्द सुकिलुम्बा विमानस्थल […]

गुण एयरले काठमाडौंबाट सुर्खेतमा नियमित उडान गर्ने

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौंबाट सुर्खेतमा नियमित उडान शुरू गर्ने भएको छ । वायुसेवाले पुस १८ गतेदेखि काठमाडौंबाट सुर्खेतका लागि नियमित हवाई उडान शुरू गर्ने गरी आन्तरिक तयारी गरेको छ । गुणले आफ्ना २ वटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती ५ वटा जेट्स्ट्रीमसहित कूल ७ वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान शुरू गरिसकेको छ ।   गुण एयरलाइन्सका प्रवक्ता एवं बजार...

भारतमा डिसेम्बर १५ देखि शुरु हुने अन्तर्राष्ट्रिय उडान स्थगित

भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ ।

गुण एयरलाइन्सको चितवन–पोखरा उडान शुरू

चितवनमा शुक्रबारदेखि शुरू हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि  भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ । एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि  भीड बढ्न थालेको बताए । उनले भने, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।” बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका ल...

विराटनगर विमानस्थलमा नियमित उडान शुरू

केही दिनअघिको अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा आज शनिवारवाट सञ्चालन भएको छ ।  लगातारको वर्षापछि आएको बाढी मंगलवार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग, पार्किङ क्षेत्रमा केसलिया खोला पसेपछि गत मगलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए । विमानस्थलका सबै उपकरणको चेकजाँच नसकिएकाले रात्रिकालीन उडान नहुने भएपनि दिवाकालीन उडान सञ्चालन भएका नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए । विमानस्थलको सीभीआर कक्ष...

सुदूरपश्चिममा आन्तरिक हवाई उडान शुरू हुँदै

कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरू असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाई उडान शुरू हुने भएको छ ।  कोरोना महामारीका कारण कम्तीमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मंगलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालिका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण...

संक्रमणसँगै अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

काठमाडौं, बैशाख १४ । नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल–भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् । नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स र भारतको एयर इन्डियाले पनि उडान बन्द गर्ने विषयमा विचार गर्न शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण […]