एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।पछिल्लो समय भेटघाटलाई तिब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। 

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

२० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको […]

ओलीलाई भेट्न बालकाेट पुगे कांग्रेस नेता केसी

काठमाडाैँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएकाे छ। कांग्रेस नेता केसी एमाले अध्यक्ष ओली भेट्न आइतबार साँझ बालकाेट पुगेका थिए। दुवै नेताबीच करिब दुई घन्टा विविध विषयमा कुराकानी भएको थियो। भेटमा धरासायी हुँदै गइरहेकाे अर्थतन्त्र कसरी उकास्ने, सरकार कसरी गठन गर्नेबारे छलफल भएकाे जनाइएकाे छ।

एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेटघाट

३० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भएको छ । आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ । दुई नेताबीच राष्ट्रियता, मुलुकको […]

बालकोटमा एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटवार्ता गरेका छन्। गृहमन्त्री खाँण ओली निवास भक्तपुरकाे बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्। बुधबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका ओली भेट्न खाँण बुधबार बिहान ओली निवास पुगेका थिए। भेटमा गृहमन्त्री खाँणले एमसीसी अनुमोदन गर्न सघाउन र संसदको अवरोध हटाउन आग्रह […]

एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि पाकिस्तानका राजदूत सयैद हैदर शाह आइतबार ओली निवास बालकोट पुगेका छन् । नेपाल र पाकिस्तानको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह ओलीलाई भेट्न पुगेको दूतावासले जानकारी दिएको हो । भेटका क्रममा राजदूत शाहले ओली प्रधानमन्त्री हुँदा दुई देशबीचको सम्बन्धलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरेका थिए । त्यस्तै, शाहले सार्कको पुनर्स्थापना गर्नका लागि अध्यक्ष ओलीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।अध्यक्ष ओलीले भविष्यमा पनि नेपाल र पाकिस्त

एमाले अध्यक्ष ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न नेता शेखर ओलीनिवास बालकोट पुगेका हुन् । स्थानीय तह निर्वाचनको मिति घोषणापछि ओली र कोइरालाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न एमाले अध्यक्ष ओली दिउँसो बालुवाटार जाने

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज आइतवार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली दिउँसो ४ बजे बालुवाटार जान लाग्नुभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीलाई भेट्न बोलाएकाले उहाँ दिउँसो ४ बजे बालुवाटार जान लागेको बजगाँइले जानकारी दिनुभयो । अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (...

एमाले अध्यक्ष ओली र जसपाको महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बिहान बालकोट पुगेका हुन् । भेटमा आपसी सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नेबारेमा कुराकानी भएको तर कुनै सहमती नभएको जसपाका नेता अनिल झाले बताउनुभयो । एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर ओलीसँग सत्ता सहकार्य गरेको जसपाको महन्थ समूहले प्रधानमन्त्री शेरबहादुर देउव...

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी […]