पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज  बस्दै

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक सर्यो

प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्न लागेको हो।...

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, भदौ ५ । आज बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । गृहकार्य नपुगेको भन्दै सरकारले थप समय मागेपछि फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले इमेज खबरलाई बताएको छ ।

प्रतिनिधिसभाको बैठक फेरी सर्‍यो

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख […]

प्रतिनिधिसभाको बैठक कार्तिक ११ गतेका लागि सर्‍यो

२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिन पर सरेको छ । प्रतिनिधिसभाको बैठक यहि कार्तिक ९ गतेका लागि बोलाइएको थियो । तर, ९ गते प्रमुख विपक्षी नेकपा एमालेको पालिका अधिवेशन परेकाले प्रतिनिधिसभाको बैठक सारिएको संसद सचिवालयले जनाएको छ । ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को […]

सर्यो प्रतिनिधिसभाको बैठक

आगामी कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ दिन पर सारिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कार्तिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि बैठक सारेका हुन् । मंगलबार एक सूचना प्रकाशन गर्दै संघीय संसद सचिवालयले कार्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम कार्तिक ११ गते बिहिबार दिनको २ बजे बैठक बस्ने गरी बैठक निर्धारण गरेको

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो। पहिलो बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक पहिलोपटक बस्न लागेको हो।