हिन्द महासागरमा खस्यो चीनको अनियन्त्रित रकेट

चीनको लंग मार्च ५बी रकेट अनियन्त्रित भएर पृथ्वीमा कुन ठाउँमा खस्ने पत्तो नभएकोमा अन्ततोगत्वा आइतवार हिन्द महासागरमा खसेको छ ।  चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, रकेट श्रीलंका र माल्दिभ्सको बीचमा कतै पानीमा खसेको छ ।  अमेरिकाको स्पेस फोर्स डेटाअनुसार, यो रकेट १८ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतिर आइरहेको थियो । यो कहाँ खस्ने हो भन्ने कुनै निश्चित थिएन । तर रकेट खस्दा कसैलाई हानिनोक्सानी नभएको बताइएको छ ।  २०२१–०३५बी नामक यो रकेट १०० फीट लामो र १६ फीट चौडा थियो । वायुमण्डलमा प्रवेश गर्दा...