एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्यसका लागि भिसा र फोनपेको बिहीबार साझेदारी भएको हो ।
यससँगै भिसा नेटवर्कमा आवद्ध भएका विदेशी पर्यटकले फोनपेको क्युआर कोड स्क्यान गरी नेपालमा कारोबार गर्न सक्ने भएका छन् । करिब २ वर्ष भिसासँगको काम पछि आज यो सेवा शुरू गर्न सफल भएको एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए...