काठमाडौं– विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गर्न जलविद्युत कम्पनीहरुलाई सरकारले आह्वान गरेको छ । विद्युत प्राधिकरणले पीपीएका लागि आयोजनाहरुलाई आह्वान गरेको हो । मंगलबार सूचना जारी गर्दै जलविद्युत कम्पनीहरुलाई ३५ दिनभित्र पीपीएका लागि आउन भनिएको छ । पीपीएलाई निरन्तरता दिने प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणले नदी प्रवाहमा आधारित जलविद्युत (आरओआर) र अर्धजलासय (पीआरओआर) आयोजनालाई पीपीए गर्न […]
तीन वर्षसम्म स्रोत जुटाउन नसक्ने एक सय मेगावाटभन्दा माथिका सबै खालका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खारेज गर्ने तयारी सरकारले गरेको छ । सम्झौता गर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदनले स्रोत जुटाउन नसक्ने आयोजनाको पीपीए खारेज गर्नुपर्ने सिफारिस गरेको हो । सरकारले केही समयअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको नेतृत्वमा यसबारे अध्ययन गर्न […]
काठमाडौं । नेपाल उद्योग परिसंघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्णरुपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उहाँले […]
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले थप १५०० मेगावाटसम्मको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनााहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णयको निजी क्षेत्रले स्वागत गरेको छ।...
२३ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले चार वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर)आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन आग्रह गरेको छ । उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेर इप्पानले आरओआर आयोजनाको १५ सय मेगावाटको पीपीए खुला गर्न आग्रह गरेको हो । गत १४ […]
२२ मंसिर, काठमाडौं । बिहीबार अर्थमन्त्री जनार्दन शर्माले एक सार्वजनिक कार्यक्रममै नयाँ जलविद्युत उत्पादनको लागि विद्युत खरिद सम्झौता (पीपीए) रोकिएकोमा असन्तुष्टि पोखे । उनले वर्षामा उत्पादित बिजुली पूर्वाधार अभावमा मात्रै खेर गइरहेको बताउँदै पीपीए रोक्ने काम गलत भएको बताए । ‘सरकारले कोटा परिर्वतन गरेर निर्णय गरेको धेरै भयो, पीपीए खुला नगर्दा व्यवसायीहरुलाई मर्का परेको छ […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता तथा सहसचिव मधुप्रसाद भेटुवालले मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निजी क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका छन् ।सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ मा बोल्दै प्रवक्ता भेटवालले मन्त्रालयले विद्युत प्राधिकरणलाई निजी क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका हुन् । उनले निजी क्षेत्रलाई विद्युत उत्पादन गर्नका लागि पीपीए गर्ने काम उर्जा […]
गोल्यान समूह र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । समूहले बाँकेको नेपालगञ्जमा २० मेगावाट क्षमताको सोलार प्लान्ट बनाइरहेको छ । यही विद्युत बेच्ने लक्ष्यसहित समूहले प्राधिकरणसँग पीपीए सम्झौता गरेको हो ।समूहले सञ्चालनमा ल्याएको प्योर इनर्जी प्रालिले प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको हो । सम्झौतामा प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक प्रदीपकुमार थिके र प्योर इनर्जीका प्रमुख तथा गोल्यान समूहका निर्देशक अक्षय गोल्यानले हस्ताक्षर गरे ।कम्पनीले बाँकेको खजुरा गाउँपालिका
१ मंसिर, काठमाडौं । पछिल्ला वर्षमा जलविद्युतमा लगानी गर्न चाहने कम्पनीहरुको लाइन लामो छ, तर सरकारले विद्युत खरिद सम्झौता (पीपीए)बारे ठोस निर्णय नलिँदा तीन वर्षयता प्रस्तावित दशौं अर्ब लगानीलाई ‘तगारो’ लागेको छ ।