शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नगर्न आग्रह

नेपाल चेम्बर अफ कमर्शले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नगर्न राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको छ । चेम्बरले गर्भनर महाप्रसाद अधिकारीलाई नै भेटेर यस्तो व्यवस्था नगर्न ध्यानाकर्षण गराएको हो ।‘कोभिड १९ को महामारीले मुलुकको अर्थतन्त्रलाई आक्रान्त बनाइरहेका बेला व्यवसायिक गतिविधिलाई असर गर्नेगरि आयातित वस्तुमा शतप्रतिशत मार्जिन लगाउने व्यवस्था गर्नुहुँदैन,’ गर्भनर अधिकारीसँगको भेटमा चेम्बर प्रतिनिधिले भने । एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व