डा.खगराज बरालको पुस्तक 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा

काठमाण्डाै - डा. खगराज बरालको नयाँ कृति 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा आएको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित रहेकाे बरालले बताउनु भएकाे छ ।  लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गर्नुभएका बरालका विभिन्न अनुभूति समेटिएका  पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्ब...

सम्बन्धित सामग्री

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौँ, ९ चैत । विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गरेका हुन् । बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद […]

शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ ।  सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकु बनाउन सुझाव दिएका थिए । सो क्रममा महासङ्घकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरूले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा […]

के यस्तो विद्यालय शिक्षा ऐन बनाउन सम्भव छ ?

भर्खरै मात्र मेरो शहर, मेरो राजधानी, काठमाडौं आन्दोलित भयो। देशभरका शिक्षक यतिखेर राजधानीमा ओइरिए। माइतीघरमण्डलदेखि बानेश्वरचोकसम्म हुने गरेका शिक्षक आन्दोलनका धर्ना, जुलुसका कार्यक्रमले त्यस क्षेत्रको मात्र नभएर अन्य आसपासका क्षेत्रको ट्राफिक सञ्चालन समेत केही दिनका लागि बिथोलियो। सारा राजधानीवासीको ध्यान राम्रैसँग तान्यो, यो आन्दोलनले। शिक्षक आन्दोलनको पक्ष/विपक्षमा गरिएका बहस, तर्क, समर्थन र विरोधहरुले सामाजिक सञ्जालका […]

शिक्षक पेसाकर्मी हो कि दलकर्मी?

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले आज (बुधवार) देखि काठमाडौंकेन्द्रित आन्दोलन शुरु गरेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग राखेर शिक्षकहरु आन्दोलित छन् । शिक्षकको आन्दोलन […]

शिक्षक महासंघलाई वार्तामा आउन शिक्षा सचिवको आग्रह

३१ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ । ११ औँ राष्ट्रिय विज्ञान दिवस र राष्ट्रिय शिक्षा दिवसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले वार्तामा आउन शिक्षक महासंघलाई आग्रह गरेका हुन् । […]

विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग

काठमाडौँ– विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याए । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८०ः सरोकारवालाको चासो’ विषयक बहस कार्यक्रमका वक्ताले शिक्षा विधेयकमा व्यावसायिक र वैज्ञानिक शिक्षाको सुनिश्चित गरिनुपर्नेमा जोड दिए। शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षक […]

शिक्षा ऐनविरुद्ध शिक्षक महासंघ पनि आन्दोलनमा

२५ साउन, काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आन्दोलनको कार्यक्रम घोषणा गर्न शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा […]

सार्वजनिक शिक्षा सुधारको विरुद्धमा सत्ता गठबन्धन

काठमाडौँ : जिल्ला शिक्षा कार्यालय ब्युताउने र विद्यालय शिक्षा सञ्चालन पनि संघीय सरकार मातहत राख्ने लगायत शिक्षक महासंघका पदाधिकारीसँग शिक्षामन्त्री देवेन्द्र पौडेलले ५१ बुँदे सहमति गरेपछि जनप्रतिनिधि आक्रोशित भएका छन् । संविधानले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई दिएको छ । तर शिक्षक परिचालनको जिम्मा भने संघीय सरकारलाई छ । संघीय शिक्षा ऐनमा शिक्षक खटनपटनको […]

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ३० प्राथमिकता

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले ३० प्राथमिकता अघि सारेको छ । सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नेदेखि शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न अधिकतम...

विद्यालय शिक्षा सुधार्न यस्ता छन् शिक्षा मन्त्रालय ३० प्राथमिकता

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले ३० प्राथमिकता अघि सारेको छ । सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नेदेखि शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न...