चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ । बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहककोमा भूमिगत विद्युत् जडानको काम […]
कर्णाली, २७ असोज । मानव स्वास्थ्य र समुन्नत राष्ट्र निर्माणका लागि खाद्य स्वच्छता अपरिहार्य शर्त हुनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सचेतनामूलक सन्देश प्रचारप्रसार कार्यक्रम’मा सरोकारवालाले खाद्यजन्य समस्याको समाधानका लागि सबैतिर स्वच्छ खानपान आवश्यक रहेको बताएका हुन् । सो कार्यक्रममा बोल्दै सुर्खेतका […]
भोजपुर, २७ असोज । भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ । हतुवागढी, रामप्रसादराई […]
वालिङ (स्याङ्जा), २७ असोज। स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। गर्भवतीलाई सहजपुरमा अस्पतालसम्म पुर्याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य […]
दमौली (तनहुँ), २७ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गरेको छ । ‘जहाँ हाम्रा नागरिक, त्यही हाम्रो कार्यालय, त्यही हाम्रो सेवा’ भन्ने नारासहित गाउँपालिकाले घरदैलोबाटै सामाजिक सुरक्षा भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श सेवा […]