उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने

उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिकाको मत गणना आजदेखि सुरु हुने भएकाे छ । त्रियुगा-१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियाे ।  निर्वाचन आयाेगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुुभयो । सिलवालले भन्नुभयो 'आयोगबाट हिजाे बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयाे । अब हामी मतगणना सुरु गर्ने तयारी गर्दैछौँ।