तत्कालै मन्त्री परिवर्तन नहुने, नेकपा एसभित्र विवाद बढ्दो

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्न पठाएको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । छिटो–छिटो मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने र बजेट पनि पास नभइसकेको अवस्थामा मन्त्री परिवर्तन गर्न नहुने देउवाको अडानपछि मन्त्री परिवर्तन नहुने भएका छन् । एकीकृत समाजवादीले चार जना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न हिजो आइतवार प्रधानमन्त्रीलाई नामावली बुझाएको थियो । तर देउवाले आज साेमवार मन्त्री परिवर्तन नगर्ने बताउनुभएको हो । यो विषयमा प्रधानमन्त्री देउवाले गठब...

सम्बन्धित सामग्री

मन्त्री फेरबदल: नेकपा एसमा रोपिएको कलहको बीउ

तत्कालीन नेकपा र पछि एमालेमा विधिभन्दा व्यक्ति प्रधान भएको भन्दै माधव नेपाल समूहका नेताहरुले निरन्तर प्रश्न उठाए । उक्त प्रश्नमाथि नेतृत्वले सुनुवाइ नगर्दा गत वर्ष एमालेबाट नेपालको समूहले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको थियो । गठन भएको १० महिनामै यो पार्टीभित्र पनि विधिप्रधान कि व्यक्ति भन्ने विवाद झांगिएको छ । शुक्रबार भएको मन्त्री परिवर्तन प्रकरणले पार्टीभित्र कलहको बीउ रोपेको छ ।