काठमाडौँ – सत्ता गठबन्धनको सहमतिअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार हुने संसद बैठकमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा भएको बैठकले आजै संसदमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो। बैठकले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोग विधेयकसमेत संसद बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको संसद सचिवालयका […]