रुपन्देहीमा–२ मा सत्ता गठबन्धनलाई संकट, राजु गुरुङको उम्मेदवारी खारेजपछि समर्थन कसलाई ?

सर्वोच्च अदालतले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी भएपछि सत्ता गठबन्धनमा संकट आइलागेको छ । निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उम्मेदवारी कायम हुने आशाका साथ सत्ता गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीका गुरुङ सर्वोच्च अदालत रिट बोकेर पुगेका थिए । तर, सर्वोच्चले शुक्रबार उनको रिटमा अन्तरिम आदेशको निरन्तरता नपाउने भनेसँगै उनको उम्मेदवारी कायम नहुने भएको हो । उनको उम्मेदवारी नहुने भएपछि रुपन्देही–२